बिहीबार, चैत १५, २०८०
17:09 | २२:५४

रवि लामिछाने ३४ हजार २६४ मतान्तरले निर्वाचित

रासस नोभेम्बर २४, २०२२


चितवन ।  चितवन क्षेत्र नं २ मा भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भएका छन् । लामिछाने ३४ हजार २६४ मतान्तरले निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । तर औपचारिक घोषणा भने हुन बाँकी छ ।

उनले ४९ हजार दुई सय ६१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उमेश श्रेष्ठले १४ हजार ९८३ मत प्राप्त गरेका छन् । सोही क्षेत्रमा नेकपा (एमाले) का कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४७ मत प्राप्त गरेका थिए ।

यस क्षेत्रमा ८३ हजार ९५६ मत खसेको थियो  जसमा ३ हजार २५० बदर भएको थियो । लामिछानेलाई निकटतम् प्रतिस्पर्धी प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले बधाई दिएका छन् । सो क्रममा लामिछानेले छलफल गरी आफू अघि बढ्ने बताए 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू