बिहीबार, कार्तिक ८, २०८१
17:55 | २२:४०

काठमाडौँ–१ मा सिंहलाई पछ्याउंदै मिश्र 

रासस नोभेम्बर २१, २०२२

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहको प्रारम्भिक अग्रता कायमै छ ।
यो क्षेत्रका छ वटा मतदान केन्द्रको मतगणना सकिँदा सिंहले ८१८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले जानकारी दिए ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रविन्द्र मिश्रले ७३७ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुकार बमले ५२८, नेकपा (एमाले) का किरण पौडेलले ४९६ र राष्ट्रिय सुशासन पार्टीका रमेश खरेलले ३५७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो क्षेत्रबाट प्रतिनिधिसभामा ३२ जना उम्मेद्वार प्रतिस्पर्धामा छन् । जसमा २१ जना विभिन्न राजनीतिक दलबाट र ११ स्वतन्त्र उम्मेद्वार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसमध्ये १० जना महिला उम्मेद्वार हुनुहुन्छ । यो क्षेत्रमा कुल ५२ मतदान केन्द्र रहेकामा अब ४६ केन्द्रको मतगणना बाँकी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू