शनिबार, असार २९, २०८१
01:45 | ०६:३०

१५ केन्द्रमा मतदान रोकियोः निर्वाचन आयोग   

रासस नोभेम्बर २०, २०२२

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

निर्वाचन आयोगले मतदान रोकिएका स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको बताएको छ ।

‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ’, आयोगले भनेको छ, ‘अपरान्ह ३:३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ । यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको छ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू