बिहीबार, वैशाख १३, २०८१
12:02 | १६:४७

अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले पाकिस्तानलाई हरायो

रासस नोभेम्बर १६, २०२२

काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोअन्तरले पराजित गर्दै विजयी भएको हो ।

यस जितसँगै नेपालले दशरथ रंगशालामा ५० औँ खेल पूरा गरयो । यसअघि दशरथ रङ्गशालामा सन् १९८४ मा आयोजना भएको पहिलो दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले औपचारिक खेल खेलको थियो ।

नेपालको जितमा अन्जन विष्ट नायक बने । उनले खेलको ८२ औँ मिनेटमा गरेको एक गोल नै नेपालको लागि निर्णायक गोल सावित भयो । सुनिल बलको पासलाई सदुपयोग गर्दै अन्जनले गोल गरेका थिए ।

पाकिस्तान विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को निलम्बन फुकुवा भएपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न नेपाल आएको हो । नेपालले पछिल्लो पटक पाकिस्तानसँग सन् २०१८ मा खेलेको थियो ।

बंगलादेशको ढाकामा भएको साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग २–१ गोलअन्तरले पराजित भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू