बिहीबार, जेठ ३, २०८१
18:00 | २२:४५

एनआरएनएको सहयोगमा भूकम्प पीडितलाई राहत वितरण

रासस नोभेम्बर १३, २०२२

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण गरेको छ ।

एनआरएनएको आयोजना तथा कैलाली उद्योग वाणिज्य संघ र डोटी उद्योग वाणिज्य संघको संयुक्त सहकार्यमा भूकम्प पीडितलाई राहत सामग्री वितरण गरिएको हो ।

जिल्ला विपत् व्यवस्थापन समितिमार्फत भूकम्प पीडितलाई रु साढे तीन लाखभन्दा बढी बराबरको राहत सामग्री सहयोग गरिएको एनआरएनए कार्यकारी अध्यक्ष रवीना थापाले जानकारी दिइन् । एनआरएनएले खाद्यान्न र लत्ताकपडा उपलब्ध गराएको छ ।

एनआरएनएले २०७२ सालको गोरखा भूकम्पबाट पीडितलाई विभिन्न जिल्लामा सहयोग गरेको थियो । यही कात्तिक २२ गते गएको भूकम्पबाट डोटीमा ६ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू