सोमबार, वैशाख १७, २०८१
16:42 | २१:२७

यूकेको लाहुरे हुँ भन्दै धादिङमा पैसा ठगी

रासस अक्टोबर १५, २०२२

मलेखु, २९ असोज -सदरमुकाम धादिङबेँसीस्थित एक होटल सञ्चालक दिनदहाडै अपरिचित व्यक्तिबाट ठगिएकी छन् । पोखरा घर र सिङ्गापुरे आर्मीको क्याप्टेन हुँ भन्दै शुक्रबार खाजा खान आएका अपरिचित व्यक्तिले होटल सञ्चालकसँग उल्टै पैसा मागेर भागेका हुन् ।

महँगा सामान भएको झोला ‘होटलमै राखिदिनुस्, एकछिन बजार घुमेर आउँछु’, भनेर रु ११ हजार नगद लिएर गायब भएको होटल सञ्चालक सीता गुरुङले बताइन् ।

शुक्रबार ती व्यक्तिले छोडेको झोला आज दिउँसो खोलेर हेर्दा कागजको पोका, सुन जस्तो देखिने नक्कली सिक्री र एउटा तन्ना भेटिएको छ । सुनौला बजारका एक जना साथीले आफूलाई यूकेबाट सामान पठाएको र त्यो सामान अहिले पुरयाइदिन जान लागेको तर आफूसँग पैसा नभएकाले सामान यही होटलमा राख्छु पैसा सापटी दिनुहोस् भन्दै रु ११ हजार लिएर गएको होटल सञ्चालक गुरुङले बताइन् ।

सुन, डलर पैसालगायत जिन्सी सामान राख्दिनु अहिले एकछिनमा आउँछु भनेर गएका ती व्यक्ति फर्किएर नआएको उनको भनाइ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू