सोमबार, वैशाख १७, २०८१
12:02 | १६:४७

नेपालमा अन्तर्राष्ट्रिय डाँक सेवा पुनः सञ्चालन हुने

रासस अक्टोबर १५, २०२२

काठमाडौं । हुलाक सेवा विभागले अन्तर्राष्ट्रिय डाँक सेवा पुनः सञ्चालन गर्ने भएको छ । यही असोज महिनाभित्र अन्तर्राष्ट्रिय डाँक सेवा सञ्चालनका लागि विभागले अन्तर्राष्ट्रिय विमान कम्पनी र सरोकारवालासँग छलफल, समन्वय र पत्राचार गरेको हो ।

विभागका महानिर्देशक इन्दु घिमिरेका अनुसार सूचना, सञ्चार र प्रविधिको विकाससँगै हुलाक सेवा विकास गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय डाँक सेवा पुनः सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

द्रुत डाँक सेवा, पार्सल-सामान वा मालवस्तु र चिठ्ठिपत्रको काम गर्दै आएको विभागले आन्तरिक द्रूत सेवाअन्तर्गत हवाईमार्गमार्फत काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की, मोरङ, धनुषा, बारा, रुपन्देही, बाँके र कैलाली जिल्लामा एक दिनमा पर्बत, स्याङ्जा, तनहुँ, सुनसरी, सप्तरी, सिरहा, महोत्तरी, रौतहट, कपिलवस्तु, नवलपरासी, चितवन, बर्दिया, सुर्खेत, कञ्चनपुर, मुगु, डोल्पा र जुम्लामा दुई दिन र बाँकी जिल्लामा तीन दिनमा सेवा प्रदान गर्दै आएको छ ।

नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष केदारप्रसाद प्रधानले हुलाकले अन्य कम्पनीले भन्दा सस्तो शुःल्कमा डाँक सेवा सञ्चालन गरेकाले विभागले प्रभावकारी रुपमा यसलाई प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । विभागलाई अझै प्रभावकारी र विश्वासिलो बनाउन हरेक गतिविधि पारदर्शी हुनुपर्ने उनको भनाइ थियो।

पूर्वसचिव भुवनेश्वर प्रधानले विभागलाई विश्वसनीय र भरपर्दो संस्थाको रुपमा विकास गर्न भ्रष्टारको अन्त्यसँगै कर्मचारीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । विज्ञापन बोर्डका प्रमुख प्रशासकीय अधिकृत विशालराज गौतमले हुलाक सेवालाई प्रभावकारी बनाउन दीर्घकालीन योजना बनाएर अगाडि बढ्न सुझाव दिए ।

हवाई मार्गबाट देशभित्रै डाँक ढुवानी गर्न यति एयरलाइन्स, नेपाल एयरलाइन्स, श्री एयरलाइन्स र बुद्ध एयरलाईन्ससँग सम्झौता गरिएको छ ।

नेपालको पुरानो, विश्वसनीय, जनमनमा बसेको संस्था हुलाक सेवालाई पुनःक्रियाशील र पुनःजीवित बनाउने योजना विभागको छ । व्यक्तिगत र संस्थागत इएमएस, पार्सल, चिठीपत्र हुलाकमार्फत ढुवानी गर्न केही सुधारका कार्य 
गर्ने योजना पनि रहेको विभागले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू