मंगलबार, चैत ६, २०८०
06:55 | १२:४०

राष्ट्रपतिले गुरूहरूबाट टीका ग्रहण गरिन्, प्रधानमन्त्रीको निधार खाली

रासस अक्टोबर ५, २०२२

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा हनुमान ढोकाका मूलपूजारी देवराज अर्यालबाट साईतमै टीका तथा प्रसाद ग्रहण गर्दै । तस्बिर- रासस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैँको टीका ग्रहण गरेकी छन् ।

बडादसैँ २०७९ को अवसरमा उनले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११:५१ बजे टीका ग्रहण गरिन् ।

राष्ट्रपतिले आफूले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका प्रसाद प्रदान गरेकी छन् ।

राष्ट्रपतिले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रिगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तित्वलाई दिउँसो २ देखि ३ बजेसम्म तथा सर्वसाधारणलाई दिउँसो ३ देखि साँझ ५ बजेसम्म टीका लगाइदिइन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार विजया दशमीका दिन राष्ट्रपतिबाट टीका ग्रहण गर्न मर्यादित पोसाकमा उपस्थित हुन अनुरोध गरिएको थियो ।

राष्ट्रपति भण्डारी राष्ट्रपति कार्यालयमा कार्यरत सुरक्षाकर्मीलाई टीका तथा प्रसाद लगाई दिंदै । तस्बिर- रासस

भ्रातृशोकका कारण प्रधानमन्त्रीले लगाएनन् टीका

प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशीमीको टीका ग्रहण गरेनन् । भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले टीका नलगाएको र अरुलाई पनि टीका नलगाइदिएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि टीका लगाइदिएनन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू