शुक्रबार, वैशाख १४, २०८१
23:05 | ०३:५०

केन्द्रको हस्तक्षेपले किरात राई यायोक्खा बेलायत फुटतर्फ

नेपाली लिङ्क सेप्टेम्बर २५, २०२२


लन्डन । किरात राई जातिको साझा प्रतिनिधिमूलक संस्था किरात राई यायोक्खा नेपाल अहिले ११औं राष्ट्रिय महाधिवेशनको संघारमा छ ।

११औं राष्ट्रिय महाधिवेशन यही असोज ८ देखि १० गते सम्म (तदनुसार, २४–२६ सेप्टेम्बर २०२२) काठमाडौंमा गर्ने घोषणा सार्वजनिक गरिएको छ ।

संगठनको विदेश शाखा तथा स्थानीय तहबाट महाधिवेशन प्रतिनिधिहरु छनौट गर्ने काम अन्तिम चरणमा छ । आमसञ्चार माध्यमहरुमा नयाँ नेतृत्व छनौटको वहस पनि उत्कर्षमा छ । तर, केन्द्रिय महाधिवेशनको माहोलले बेलायतबासी किरात राईहरुको साझा प्रतिनिधिमूलक संस्था किरात राई यायोक्खा बेलायत र यहांका किरात राईहरुको मन छुन नसकेको देखिएको छ ।

दुई देशका संगठनहरुबीच स्थापित सम्बन्धमा दरार, सन्देह र तिक्तता अझै कायम छ । यसर्थ किरात राई यायोक्खा नेपाल (नेतृत्वकर्ता) ले सन्तुलित र निःस्वार्थ अभिभावकीय क्षमता साथै विश्वास गुमाउंदै गएको बेलायत शाखाले आरोप लगाएको छ ।

किरात राई यायोख्या बेलायतका अध्यक्ष चन्द्रबहादुर राई, महासचिव चन्द्रवती राई, उपाध्यक्ष/विदेश विभाग प्रमुख जितेन्द्र साम्पाङ राई र अर्का उपाध्यक्ष/संयोजक, संघीय संरचना अभियान रि. क्या. सुमनचन्द्र राईले एक संयुक्त विज्ञप्ति जारी गर्दै किरात राई यायोक्खा नेपालको नेतृत्वकै प्रत्यक्ष हस्तक्षेप र पटक पटकको उक्साहटका कारण किरात राई यायोक्खा बेलायतलाई विभाजनको अवस्थासम्म पुरयाएको जिकिर गरेका छन् ।

‘जातिको वहुभाषिक विशिष्टता, विषयवस्तुको गाम्भीर्यता आदिलाई नजरअन्दाज गर्दै एकपक्षीय ढंगले दमन गर्ने नीति लिएपछि किराया बेलायतको घट्ना विश्वब्यापीकरण हुनपुग्यो । किराया बेलायत बिगार्दा जनस्तरसम्मै किराया नेपालको कटु आलोचना भयो र बिगार्न जसरी अघि बढेको थियो, सपार्न मिलाउन नसकेपछि आलोचित बन्दै खुम्चिन बाध्य हुनु परेको अहिले किराया नेपालको नेतृत्वको अवस्था हो’, विज्ञप्तिमा उल्लेख छ ।

नयाँ विचार बनाउन पुरानो विचारको समस्या थाहा पाउनै पर्छ भन्ने तथ्यबाट प्रेरित हुँदै किरात राई यायोक्खा बेलायतले संगठनलाई नयाँ प्रणालीमा विकास गर्न पुरानो प्रणालीका समस्या र कमजोरीहरु पत्ता लगाउने काम गरेको विज्ञप्तिमा जनाइएको छ ।

वहुभाषिक किरात राई जातिको मौलिकता र विशिष्टता सित मेल नखाने संगठन संरचना नै वर्तमान द्वन्द्व र समस्याको मूल कारण रहेको शाखाको निष्कर्ष छ ।

‘यसै निष्कर्षको आधारमा किराया बेलायतले संस्थाको नयाँ संरचना प्रस्ताव गर्दै यसको कार्यान्वयनतर्फ अघि बढिसकेको छ । जसमा किरात राई जाति भित्रका सबै भाषिक-थरगत संघ (संघीयता) प्रणालीको आधारमा संगठनको नयाँ संरचना निर्माण गरिएको छ’- विज्ञप्तिमा छ, ‘वंशानु अथवा योग्यता प्रणालीद्वारा नेतृत्व चयन गर्ने प्रणाली अनि संगठनको सोपानिकी संरचना भन्दा यो प्रणाली विकसित छ । यो प्रणाली सबै भाषिक-थरी समुदाय र महिलाको समावेशीता अनि समानुपातिकताको जगमा निर्मित छ । तसर्थ हामी किराया नेपालसित विनम्रता पूर्वक अनुरोध गर्छौ ।’

विज्ञप्ति जस्ताको तस्तैः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू