आइतबार, १४ सेप्टेम्बर, २०२५
21:13 | ०१:५८

‘सेभ द नेशन, बिल्ड द नेशन’ अभियान लिएर गाहामगर नेपाल प्रस्थान, कार्यवहाक अध्यक्ष अनिल

नेपाली लिङ्क सेप्टेम्बर १४, २०२५

लन्डन । दोस्रो एनआरएनए कप सकिएको भोलिपल्टै एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर नेपाल प्रस्थान गरेका छन् ।

१४ सेप्टेम्बर आइतबार उपाध्यक्ष अनिल मल्ललाई कार्यवहाक अध्यक्षको जिम्मेवारी सुम्पिएर गाहामगर ‘सेभ द नेशन, बिल्ड द नेशन’ अभियानका लागि नेपाल प्रस्थान गरेका हुन् ।

जेनजी आन्दोलनबाट झण्डै ३ खर्बको क्षति भएको उल्लेख गर्दै अध्यक्ष गाहामगरले अहिले देशलाई जोगाउन र बनाउन सबैमा जिम्मेवारी आएको बताए ।

‘नेपाल समृद्धि नभएर हामी लाखौं नेपाली विदेश आएका छौं । अब तपाईं हामी सबैले नेपाल फर्किएर मातृभूमिका लागि धेरै काम गर्नुपर्ने बेला आएको छ’- गाहामगरले भने, ‘म सेभ द नेशन, बिल्ड द नेशन अभियान लिएर नेपाल गएको छु । यस अभियानमा जोडिएर आफ्नो तर्फबाट सक्दो सहयोग गर्न सबैमा विनम्र अनुरोध छ ।’

जेन जी पुस्ताले आफ्नो ज्यानको बलिदान दिएर ३५ वर्षसम्म देश र जनताको रगत चुसेर दुःख दिएका भ्रष्ट नेताहरुलाई सत्ताबाट निकाल्न सफल भएको घट्ना ऐतिहासिक बताउंदै गाहामगरले प्रदर्शनमा होमिएर मारिएका सबै अमर शहीदप्रति हार्दिक श्रद्धान्जली पनि अर्पण गरेका छन् ।

कार्यवहाक अध्यक्ष अनिल मल्ल (बायां) गाहामगरका साथ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू