मंगलबार, ३ फ्रेब्रवरी, २०२६
बेलायती महारानीको निधनमा नेपालमा ३ दिन शोक मनाइने


नेपाली लिङ्क
सेप्टेम्बर ९, २०२२
काठमाडौं । बेलायती महारानी एलिजावेथ द्वितीयको निधनमा नेपालमा ३ दिन शोक मनाइने भएको छ ।
शुक्रबार सम्पन्न मन्त्रिपरिषद बैठकले महारानी एलिजावेथ द्वितीयको निधन भएकोमा तीन दिन शोक मनाउने निर्णय गरेको हो।
महारानीको सम्मानमा २०७९ भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाइनेछ।
उनको निधनप्रति नेपाल सरकारका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै दिवगंत आत्माको चिरशान्तिको कामना पनि गरिएको छ ।
त्यस अवधिमा नेपालभरका सरकारी कार्यालयहरु एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५


