शुक्रबार, चैत १६, २०८०
07:14 | १२:५९

बलात्कार आरोपी सन्दिपविरुद्ध पक्राउ पूर्जी, राष्ट्रिय टीमबाट निलम्बित

रासस सेप्टेम्बर ८, २०२२


काठमाडौँ। नेपाल क्रिकेट संघले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेलाई टिमबाट निलम्बन गरेको छ।

संघका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले एक वक्तव्य जारी गर्दै सन्दिपलाई निलम्बन गरिएको जानकारी गराएका हुन्।  

वक्तव्यमा संघको कार्यसम्पादन समितिको निर्णयअनुसार लामिछानेउपर करणी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जीसमेत जारी भएको अवस्थामा संघबाट निलम्बन गरिएको जनाइएको छ।

लामिछानेविरुद्ध महानगरीय प्रहरीवृत्त गौशालामा नाबालिकालाई जबरजस्ती करणी गरेको भन्दै जाहेरी परेको थियो। उनीविरुद्ध पक्राउ पूर्जी समेत जारी भइसकेको छ।

क्यारेबियन प्रिमियर लिगका लागि सन्दिप यतिबेला वेष्ट इन्डिजमा छन्।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू