शनिबार, जेठ ५, २०८१
13:00 | १७:४५

अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख नेपालमा

रासस जुन ९, २०२२

काठमाडौं । अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन चारदिने औपचारिक सद्भावना भ्रमणका लागि आज नेपाल आएका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका रथी बालकृष्ण कार्कीले स्वागत गरेका थिए ।

नेपाली सेनाका अनुसार चार्ल्सले शुक्रबार सैनिक मुख्यालय जङ्गी अड्डा भ्रमणका साथै प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भ्रमण तालिकाअनुसार चार्ल्स सगरमाथा आधार शिविर पुग्ने तथा आइतबार काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ ।

चार्ल्सले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने बताइएको छ ।

नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार नेपाल र अमेरिकाबीच कायम रहेको दशकौँ लामो रक्षा सहकार्यको निरन्तरताका रूपमा उनको भ्रमण हुन लागेको हो ।

भ्रमणका क्रममा चार्ल्सले नेपाल सरकारका उच्च नेतृत्वसँग पनि शिष्टाचार भेटघाट गर्ने जनाइएको छ ।

उनले आफ्नो बसाइका क्रममा नेपालले राष्ट्रसंघीय शान्ति सेनामा पुरयाइरहेको भूमिकाको प्रशंसा गर्दै वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन तथा विपद् पूर्वतयारी, प्रतिकार्य तथा मानवीय सहायताका क्षेत्रमा अमेरिकी सहयोगका विविध विषयमा पनि छलफल गर्ने जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू