बुधबार, वैशाख १२, २०८१
14:37 | १९:२२

काठमाडौँमा बालेन १६ हजार बढी मतले अगाडि

नेपाली लिङ्क मे २१, २०२२

काठमाडौं – काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन्द्र साहले भारी मतकासाथ् अग्रता कायम गरेका छन्  ।

शाहले ३५ हजार ७५१  मत प्राप्त गर्दा केशव स्थापितले १९ हजार ५१५ मत प्राप्त गरेका छन् ।

साहले नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) को तर्फबाट प्रमुखमै उम्मेदवारी दिएका स्थापितलाई १६ हजार २३६ ले पछि पार्दै आफ्नो अग्रता कायम राखेका हुन् ।

नेपाली कांग्रेसका तर्फबाट प्रमुखमै उम्मेदवार सिर्जना सिंहले १९ हजार ४५८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालय काठमाडौँले जानकारी दिएको छ ।

उपप्रमुख पदमा एमालेका तर्फबाट सुनिता डंगोल २६ हजार ५७५  मतले अग्रस्थानमा छिन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू