शुक्रबार, वैशाख ७, २०८१
18:01 | २२:४६

काठमाडौंमा बालेन र भरतपुरमा रेणुको अग्रता कायमै

नेपाली लिङ्क मे २०, २०२२

स्थानीय निर्वाचनमा निकै चासोका साथ हेरिएका स्थानमध्ये काठमाडौं र भरतपुर महानगरपालिकाको मेयर पदमा क्रमश: बालेन शाह र रेणु दाहालले सुरुवाती अग्रता कायमै राखेका छन् ।

काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा बालेन्द्र शाहले २९ हजार ५८२ मत प्राप्त गर्दा केशव स्थापितले १५ हजार ९२१ मत प्राप्त गरेका छन् ।

स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन्द्रले नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) को तर्फबाट प्रमुखमै उम्मेदवारी दिएका स्थापितलाई १३ हजार ६६१ मतले पछि पार्दै आफ्नो अग्रता कायम राखेका हुन् ।

नेपाली कांग्रेसका तर्फबाट प्रमुखमै उम्मेदवार सिर्जना सिंहले १५  हजार १०  मत प्राप्त गरेकी  छन् । उपप्रमुख पदमा एमालेका तर्फबाट सुनिता डंगोल २६ हजार ५७५ मतले अग्रस्थानमा छिन् ।

यसैगरी भरतपुर महानगरपालिकाको मतगणना जारी रहंदा मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै छ । दाहालले ३ हजार १८५ मतले अग्रता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पछिल्लो प्राप्त परिणाम अनुसार दाहालले २१ हजार ६९४  मत प्राप्त गरेकी छन् । यसैगरी एमालेका उम्मेदवार विजय सुवेदीले १८ हजार ७७९  मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार २२३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू