शुक्रबार, चैत १६, २०८०
07:06 | १२:५१

भरतपुरमा रेनुको अन्तर फराकिलो बन्दै

रासस मे १८, २०२२

चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा जारी मतगणनामा पाँच दलीय गठबन्धनकी उम्मेदवार रेनु दाहालले मतान्तरलाई फराकिलो बनाउँदै लगेकी छन् ।

भरतपुर महानगरपालिका–७ र ८ को मत गणनाका क्रममा दाहालले दुई हजार मतले अग्रता लिएकी हुन् ।

दाहालले ११ हजार ९० मत प्राप्त गर्दा नेकपा एमालेका विजय सुवेदीले नौ हजार ९० मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार ९५८ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १३ हजार २४५ र राप्रपाका हिमला गुरुङले सात हजार ३७१ मत प्राप्त गरेका छन् ।

गणना भइरहेका वडाहरुमा वडाध्यक्षमा समेत गठबन्धनका उम्मेदवारहरु अग्रस्थानमा छन् । वडा नं ७ मा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका राजेन्द्रमणि काफ्लेले ९७४ र नेकपा एमालेका सनतकुमार लामिछानेले ८६२ मत प्राप्त गरेका छन् ।

यस्तै वडा नं ८ मा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार जीवनाथ कँडेलले १९४ मत र नेकपा एमालेका तिलकबहादुर दर्लामी मगरले १५७ मत प्राप्त गरेका छन् ।

यसअघि महानगरको वडा नं १, २, ४, ५ र ६ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् भने वडा नं ३ मा नेकपा एमालेका उम्मेदवार निर्वाचित भए । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू