शुक्रबार, चैत १६, २०८०
10:00 | १५:४५

काठमाडौँमा बालेनको अग्रता कायम, ८ हजार ५०२ को मतान्तर

नेपाली लिङ्क मे १८, २०२२

काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा बालेन्द्र शाहले आफ्नो अग्रता कायमै राखेका छन् । उनले १७ हजार ५५८ मत प्राप्त गर्दा केशव स्थापितले ९ हजार ५६ मत प्राप्त गरेका छन् ।

स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन्द्र शाहले नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) को तर्फबाट प्रमुखमै उम्मेदवारी दिएका स्थापितलाई ४ हजार ८७७ पछि पार्दै आफ्नो अग्रता कायम राखेका हुन् ।

नेपाली कांग्रेसका तर्फबाट प्रमुखमै उम्मेदवार सिर्जना सिंहले ८  हजार १२८ मत प्राप्त गरेकी छन् । उपप्रमुख पदमा एमालेका तर्फबाट सुनिता डंगोल १५  हजार ६७४ मतले अग्रस्थानमा छिन् ।

उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले ५ हजार १५ मत प्राप्त गरेका छन् ।

कामपामा कूल मतदाता तीन लाख २४२ रहेकामा जम्मा ६३ दशमलव ४९ प्रतिशत मतदाताले मतदान गरेको आयोगको भनाइ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू