शनिबार, वैशाख १५, २०८१
20:23 | ०१:०८

बालेन झन्डै दोब्बर मतले अगाडि

नेपाली लिङ्क मे १५, २०२२

काठमाडौं-काठमाडौं महानगरपालिकाको मतगणना जारी रहँदा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ । काठमाडौं महानगर पालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साह एमालेका केशव स्थापित भन्दा झन्डै दोब्बर मतले अघि छन् ।

हालसम्म बालेनले ३८३४ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले १९९६ मत पाएका छन् ।

यस्तै नेपाली काँग्रेस उम्मेदवार सिर्जना सिंहले १८०२ मत प्राप्त गरेकी छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले २८२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू