बुधबार, वैशाख १२, २०८१
16:55 | २१:४०

देशभर मतदानको रौनक (फोटो फिचर)

तस्बिरहरु- सबै रासस मे १३, २०२२

काठमाडौं-नेपालमा आज स्थानीय निर्वाचन भइरहँदा उत्साहजनक सहभागिता रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा ११३ वर्ष उमेरका देखि शारीरिक रुपमा अशक्त व्यक्तिहरुले पनि मतदान गरेका छन् ।

तर, निर्वाचनमा सहभागी भएर निर्वाचित गरेवापत प्राप्त गर्ने प्रतिफल भने प्राय शून्य रहने गरेको विगतको इतिहासले देखाएको छ । नेताहरुको आश्वासनका भरमा निर्वाचनको बेला हुने उत्साह र जोश जाँगर विस्तारै निराशा बन्दै जान्छ ।

निर्वाचनको बेला घरदैलो चाहार्ने  र चुनाव जितिसकेपछि जनतालाई बिर्सने नेताहरुको चरित्र परम्परा नै बनिसकेको छ । यद्धपि जनताहरुले भने आफ्नो इमान्दारी र नेताहरुको आश्वासनलाई लगातार शिरोपर गर्दै आइरहेका छन् ।

यसपटक कूल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको छ । आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने बताइएको छ ।

मतदानकार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षितरुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै आजै मत गणनाकार्य सुरु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।


प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू