शुक्रबार, वैशाख १४, २०८१
03:54 | ०८:३९

मोडल तथा नायक कुमुदलाई जन्मदिनमा ‘सरप्राइज गिफ्ट’

नेपाली लिङ्क मे १३, २०२२


लण्डन- पछिल्लो समय सामाजिक सेवामा सक्रिय बेलायतनिवासी कलाकार, मोडल तथा निर्देशक कुमुद पन्तलाई जन्मदिनमा ‘सरप्राइज गिफ्ट’ मिलेको छ ।

मोडलिङबाट पनि बेलायतमा मजाले टिक्ने हैसियत बनाएका कुमुद अब नयाँ फिल्ममा अभिनय गर्ने भएका छन् ।  

बिहीबार संगीतकार तथा एरेन्जर विपिन आचार्यले फेसबुकमा लेखे- ‘आजको रेकर्डिङ चलचित्र ‘लौ कुमुदे हिँड्यो हिरो बन्न’ को शीर्ष गीत । शब्द जानकी पन्त जून, स्वर प्रमोद खरेल, संगीत/एरेन्ज विपिन आचार्य । यो चलचित्रमा कुमुद पन्त दाई नायकको रुपमा खेल्नुहुने छ ।’

अन्तर्राष्ट्रिय फिल्ममा सम्झनलायक भूमिकाको ताकमा रहेका कुमुद आफ्नो जन्मदिनमा यस्तो खवर आउनुलाई ‘सरप्राइज गिफ्ट’ मिलेको बताउंछन् 

‘अहिलेसम्मको अनुभवको आधारमा एक दिन अन्तर्राष्ट्रिय फिल्ममा खेल्ने आफ्नो सपना पूरा हुनेछ भन्न आशा छ’, कुमुद भन्छन्।

बेलायत बसेर कुमुदले नेपालका दु:खी, गरिवका लागि नियमित च्यारिटी गर्दै आएका छन्   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू