शुक्रबार, वैशाख १४, २०८१
00:27 | ०५:१२

लन्डनमा आयोजित नवौं पाँचथर कप वाटरमेलनको हातमा

 नगेन्द्रराज नेम्वाङ मे १, २०२२

लन्डन । पाँचथर समाज सेवा यूकेद्वारा प्रत्येक वर्ष आयोजना हुने नवौं पाँचथर कप वाटरमेलनले जितेको छ । वाटरमेलनले शनिबार भएको फाइनलमा पेनल्टी सुटआउटमा B13 लाई २–३ गोल स्कोर गरी विजय हासिल गरेको हो ।

मेन टिम समूहमा वेल्स टिमबाट अनमोल लिम्बुले अत्यधिक स्कोर गरे भने वाटरमेलोनबाट उत्कृष्ट खेलाडी कृष्ण गुरुङ छानिए ।

विजय टिमले पाँचथर कप, एक हजार पाउन्ड नगद र इन्डिभिजल ट्रफी प्राप्त गरेको छ । प्रतियोगितामा मेन टिम, भेट्रान र सुपर भेट्रान गरि ३ समूह विभाजन गरिएको थियो । सुपर भेटेरेन समूहमा एफसी केन्ट रनर अप भयो भने धरान एफसी विजयी भएको छ ।

धरान एफसीका रेशम राई टप स्कोरर भए भने उत्कृष्ट खेलाडी एफसी केन्ट्का पदम लिम्बु बने । भेट्रान समूहमा इलाम एफसी उपविजेता र धरान ११ ले विजय हासिल गरयो । टप स्कोरर धरान ११ बाट टंक लिम्बुले गरे भने उत्कृष्ट खेलाडी इलाम एफसीबाट तारामान गुरुङ छानिए ।

फुटबल प्रतियोगितामा जम्मा ३४ टिमले भाग लिएका थिए । प्रमुख अतिथी सुभासचन्द्र जबेगुले विजय टिमहरुलाई बधाई दिँदै उपविजेताहरुलाई अर्को वर्ष विजय हुन शुभकामना दिए ।

प्रतियोगिता संयोजक खगेन्द्र लावती र संस्थाका अध्यक्ष कैलाश काम्बाङ्गले उपस्थित सम्पूर्ण खेलाडी, दर्शक, प्रतियोगिता सन्चालनमा खटिएका कार्यसमिति, अफिसियल पुरस्कार प्रायोजकलाई धन्यवाद दिंदै कार्यक्रम समापन गरेका थिए ।

कैलाश काम्बाङ्गको अध्यक्षतामा सम्पन्न फुटबल प्रतियोगितामा प्रमुख अथिति सुभासचन्द्र जबेगु, अथितिहरु तमुधिं यूकेबाट कुमार गुरुङ, किरात याक्थुङ चुम्लुङ यूकेका अध्यक्ष नरबिर आङ्बो, समाजसेवी नरकुमारी लिम्बु, माङेना चुम्लुङका पूर्वअध्यक्ष कमला लिम्बु, उपाध्यक्ष सुस्मिता याक्सो कन्दङ्वा, नेम्वाङ समाज यूकेका अध्यक्ष सन्तबिर नेम्वाङ, किरात याक्थुङ चुम्लुङ यूकेका उपाध्यक्ष अमृता पालुङ्वा सबेन्हिम, किरात याक्थुङ चुम्लुङ यूकेका कोशाध्यक्ष दिपेन्द्र याक्सो, किरात याक्थुङ चुम्लुङ यूके वेस्ट शाखाका अध्यक्ष बिर नरसिङ लिम्बुलगायतको उपस्थिति थियो । कार्यक्रम सञ्चालन महासचिव प्रेम धालव सुहाङ्गले गरेका थिए ।

पुरस्कार र ट्रफी प्रायोजकहरुमा संख्याका पूर्वअध्यक्षद्वय चन्द्र सुन्दास र धन काम्बाङ, सल्लाहकार सूर्य गुरुङ, महासचिव प्रेम धालव सुहाङ, यदुचन्द्र लावती, सल्लाहकार बिना येकतेन लिम्बु, मनु हेम्ब्या काम्बाङ, रामराज काम्बाङ, नेम्वाङ समाज सेवा यूकेका अध्यक्ष सन्तबिर नेम्वाङ, हेमराज काम्बाङ, समाजसेवी सुर्य नेम्वाङ, वरिष्ठ उपाध्यक्ष शान्ति लिम्बु थिए ।

सबै प्रायोजकहरुले प्रायोजन गरेको ट्रफी आफ्नै हातबाट खेलाडीहरुलाई प्रदान गरेका थिए भने मेन टिमका टप स्कोररको पुरस्कार संस्थापक महासचिव स्वर्गीय प्रेमप्रकाश नेम्वाङको स्मृतिमा उनकी श्रीमती चित्रकला राई नेम्वाङले प्रदान गरेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू