बिहीबार, वैशाख १३, २०८१
01:11 | ०५:५६

अष्ट्रेलियाका लेजेन्डरी क्रिकेटर सेन वार्नको निधन

नेपाली लिङ्क मार्च ४, २०२२

लन्डन–अष्ट्रेलियाका लेजेन्डरी क्रिकेटर सेन वार्नको निधन भएको छ। वार्नको सचिवालयले एक वक्तव्यमार्फत् थाइल्यान्डको कोह समुइस्थित भिल्लामा स्थानीय समयअनुसार शनिबार बिहान उनको निधन भएको जनाएको छ ।  

५२ वर्षीय वार्न हृदयघातका कारण निधन भएको आशंका गरिएको छ ।

‘उनी आफ्नै निवासमा अचेत अवस्थामा भेटिएका थिए । स्वास्थ्यकर्मीहरुले बचाउने प्रयास गरेका थिए तर उनलाई ब्युँत्याउन सकिएन’ उनको सचिवालयले भनेको छ।  

वार्नले अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टिमबाट १५ वर्षसम्म खेलेका थिए । कुशल लेग स्पिनर उनले टेष्ट क्रिकेटमा मुथैया मुरलीधरनपछि सबैभन्दा बढी ७ सय ८ विकेट लिएका छन्।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू