शनिबार, वैशाख ८, २०८१
22:03 | ०२:४८

बेक्सलीका नेपाली किशोर-किशोरीका लागि छ हप्ते चित्रकला कक्षा शुरु

नेपाली लिङ्क मार्च २, २०२२


लन्डन- लन्डन बेक्सली क्षेत्रमा बस्ने नेपाली किशोर किशोरीहरुका लागि छ हप्ते चित्रकला कक्षा शुरु भएको छ । बेक्सली नेपाली कम्युनिटीले ‘डिभलपमेन्ट एलाएन्स’ संगको सहकार्यमा सञ्चालन गरेको कक्षा गत आइतबार उद्घाटन गरिएको छ ।

लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, ‘डिभेलपमेन्ट एलाएन्स’ आबद्ध वासु शर्मा र बेक्सली नेपाली कम्युनिटीका अध्यक्ष आनन्द धरेलले कक्षा उद्घाटन गरेका थिए ।

वेलिङ फाल्कनवुडस्थित ह्यारिस एकेडेमीमा हरेक साता एक घण्टा कक्षा सञ्चालन हुनेछ । कक्षामा स्थानीय नेपाली समुदायका २० किशोर किशोरी सहभागी छन् । कक्षाकी शिक्षिका रुरु लम्साल हुन् भने संयोजन दिपेन सिटौलाले गर्दैछन् ।

कक्षाका लागि वेलिङ ग्रीनग्रोसरी र टिके म्याक्स कम्युनिटी फन्डिङको आर्थिक सहायता रहेको कम्युनिटीले जनाएको छ ।

उद्घाटनपछि प्रमुख अतिथि दूतावासकी उपनियोग प्रमुख खनालले यो कक्षाले नेपाली कला, संस्कृतिको जगेर्नामा समेत सहयोग पुर्याउने विश्वास व्यक्त गरेकी थिइन् ।

त्यसै अवसरमा उपनियोग प्रमुख खनालले बेक्सली नेपाली कम्युनिटीद्धारा सञ्चालित नेपाली भाषा कक्षाको पनि अवलोकन गरेकी थिइन् । उनलाई कक्षाकी संयोजक विजेता गौतम, शक्षिका अहिल्या कुंवर र सरिता शर्माले कक्षाबारे जानकारी गराएका थिए ।

उपनियोग प्रमुख खनालले बालबालिकाका लागि नेपाली भाषा कक्षा सञ्चालन भएकोमा खुशी व्यक्त गर्दै यसले नेपाली भाषा मात्रै नभइ कला, साहित्यको जगेर्नामा पनि महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू