शनिबार, वैशाख ८, २०८१
00:02 | ०४:४७

बेलायतमा निर्मित म्यूजिक भिडियो ‘फूलहरु मगमग’ सार्वजनिक (भिडियो)

नेपाली लिङ्क जनवरी १४, २०२२

लन्डन । सुप्रसिद्ध गायिका मेलिना राईको स्वर रहेको ‘फूलहरु मगमग’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । 

बेलायतका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोमा सुन्दरी मोडल तथा भ्लगर सृजना निङ्लेखुको बेजोड अभिनय देख्न सकिन्छ । सार्वजनिक भिडियोमा गज्जबसँग खुलेकी सुन्दरी सृजनाले आफूलाई प्रकृतिसँग तुलना गर्दै आफ्नो सुन्दरताको वर्णन आफैं र आफ्नो भावना प्रकृतिसँग पोखेकी छिन् ।  

कन्चन थलङ लिम्बूको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई एक दशक भन्दा लामो समयदेखि बेलायतमा रहँदै आएका संचारकर्मी एवं निर्देशक कुशल श्रेष्ठले निर्देशन गरेका हुन् भने भिडियोमा छायांकन र सम्पादन पनि निर्देशक श्रेष्ठकै छ । 

प्रवासबाट सर्वाधिक धेरै र स्तरिय भिडियो निर्माण गर्ने निर्देशकको परिचय बनाएका कुशलले अन्य थुप्रै समुदायका भिडियो एवं चलचित्र समेत छायांकन गरेका छन् । भिडियो मोडल सृजनाको आफ्नै युट्युब च्यानल सृजना निङ्लेखुबाट सार्वजनिक गरिएको छ । 

कलाकारितामा १ दशक बढी समय बिताइसकेकी सृजनाले कल्चरल म्यूजिक भिडियोबाट कलाकारिता यात्रा सुरु गरेकी हुन् । उनले रंगकर्मी तथा अभिनेता अनुप बरालसँग अभिनय कला सिकेका कारण उनलाई गुरु मान्छिन् । 

रेडियो, टेलिभिजन कार्यक्रम प्रस्तोताको लामो अनुभव बटुलिसकेकी सृजनालाई थ्रिएटर, रंगमञ्च, भ्लग हुँदै व्यवसायसम्मको अनुभव छ । बहुआयामिक प्रतिभाकी धनी सृजना आफ्नो व्यस्त दैनिकीका बाबजुत पनि गीत संगीत कर्मबाट निकै खुशी छिन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू