आइतबार, ३० अगस्ट, २०२६
03:58 | ०८:४३

खेलाडीको कारबाही फिर्ता गर्न क्यान सदस्यहरुको माग

रासस डिसेम्बर २२, २०२१

काठमाडौं–नेपाल क्रिकेट संघ (क्यान) का केही केन्द्रीय सदस्यले राष्ट्रिय टोलीका चार सदस्यीय खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्नुपर्ने माग गरेका छन् ।

क्यान केन्द्रीय कार्यसमितिका सदस्य छुम्बी लामा, ऋषिराम गौतम, अमितवीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र सञ्जयराज सिंहले आज पत्रकार सम्मेलन गर्दै खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्नुपर्ने माग गरेका हुन् ।

क्यानको अनुशासन उल्लंघनसम्बन्धी गठित छानबिन समितिले सिफारिस गरे बमोजिम खेलाडी आचार संहिता उल्लंघन गरेको भन्दै क्यानले गत मङ्सिर २९ गते अनुशासनको कारण देखाएर ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्र सिंह ऐरीलाई उपकप्तान पदबाट पदमुक्त गरेको थियो । मल्ल र ऐरीसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा सुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको थियो ।

पत्रकार सम्मेलनमा क्यानका केन्द्रीय सदस्य छुम्बी लामाले खेलाडीमाथि नियोजित तरिकाले कारबाही गरिएको भन्दै कारबाही फिर्ता गर्नुपर्ने बताए । खेलाडीले वर्गीकरणमा असहमति जनाएपछि उनीहरूसँग सम्वाद गरेर विवाद सल्टाउनुपर्नेमा झन् निहुँ खोजेर कारबाही गरिएको क्यान सदस्यले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू