शनिबार, जेठ ५, २०८१
09:08 | १३:५३

बेलायतमा १० वर्षपछिकै उच्च दरमा बढ्यो महंगी

नेपाली लिङ्क डिसेम्बर १५, २०२१

लन्डन ।बेलायतमा पछिल्लो दश वर्ष यताकै उच्च महंगी रेकर्ड भएको छ । 

गत नोभेम्बर महिनासम्मको एक वर्षको अवधिमा ५ दशमलव १ प्रतिशत महंगी बढेको हो ।  

‘अफिस फर नेश्नल स्टाटिस्टिक्स’ का अनुसार बेलायतमा दश वर्षयताकै सबैभन्दा उच्च दरमा महंगी बढेको हो । सन् २००९ को सेप्टेम्बरयता यति उच्च दरमा महंगी बढेको यो नै पहिलो पटक हो ।  

रेकर्ड उच्च महंगीका पछाडि यातायात र इन्धनमा भएको उच्च मूल्य वृद्धि नै प्रमुख कारण देखिएको छ ।  

बेलायतमा कोरोना महामारी नियन्त्रणको प्रयासमा लागू गरिएको लकडाउन खुलेदेखि नै उपभोग्य सामग्रीहरुमा ग्राहकको मागअनुसारको पूर्ति हुन सकिरहेको छैन ।  

ग्लोबल सप्लाई चेनमा अवरोध, कामदारको अभाव, ग्यांस र तेलको लागि तीव्र माग जस्ता कारणले पनि मूल्य वृद्धि हुनमा सहयोग गरेका छन् ।  

पछिल्लो तथ्यांक सार्वजनिक हुनुअघि नै बेलायतमा फुड तथा ड्रिंक व्यवसायीहरुले पनि निकट भविष्यमा चर्को मूल्य  सामना गर्नुपर्ने चेतावनी दिइसकेका थिए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू