शुक्रबार, वैशाख १४, २०८१
11:48 | १६:३३

लण्डनका कवि कोमल मल्ल सम्मानित

नेपाली लिङ्क डिसेम्बर ५, २०२१

लण्डन । नेपाली साहित्य विकास परिषद् यूकेका अध्यक्ष वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ मल्ल सम्मानित भएका छन् । 

५ डिसेम्बरमा ‘अभिव्यक्ति शृङ्खला सम्मान् २०२१’ बाट मल्ललाई सम्मान गरिएको हो ।  

नेपाली प्रतिभा प्रतिष्ठान यूकेले हरेक वर्ष एक जना स्रष्टालाई प्रदान गर्दै आएको उक्त सम्मान यस वर्ष वरिष्ठ कवि मल्ललाई लामो समयदेखि निरन्तर साहित्य सिर्जनाका लागि प्रदान गरिएको छ ।

नर्थ लन्डन हनीपट लेनस्थित एभरेष्ट स्पाइस रेस्टुरेन्टमा आयोजित एक समारोहबीच नेपाली प्रतिभा प्रतिष्ठान यूकेका अध्यक्ष गणेश राईले मल्ललाई उक्त ‘अभिव्यक्ति शृङ्खला सम्मान- ताम्रपत्र’ हस्तान्तरण गरेका थिए । 

समारोहमा प्रतिष्ठानका महासचिव देवेन्द्र खेरेश, सचिव नाती नरेश र स्रष्टा रामकुमार राई, परिषद्की पूर्व कार्यकारिणी सदस्य तथा नेपाली साहित्य विकास परिषद् यूके नेपाली साहित्य पुरस्कार ट्रस्टकी सदस्य कोहिनूर मल्ल र पूर्व कार्यकारिणी सदस्य ज्ञानेन्द्र राउतको सहभागिता थियो । 

उक्त अवसरमा परिषदको तर्फबाट अध्यक्ष मल्लले प्रतिष्ठान अध्यक्ष राई लगायत प्रतिनिधिलाई रजत स्मारिका र मायाको चिनो प्रदान गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू