शुक्रबार, चैत १६, २०८०
01:40 | ०७:२५

जनप्रगतिशील मञ्च यूकेको राष्ट्रिय सम्मेलन डिसेम्बर १२ मा, प्रमुख अतिथी प्रचन्ड

नेपाली लिङ्क डिसेम्बर ३, २०२१

लण्डन । नेपाली जनप्रगतिशील मञ्च यूकेको राष्ट्रिय सम्मेलन यही डिसेम्बर १२ मा हुने भएको छ ।  

डिसेम्बर १ मा सम्पन्न मञ्चको सम्मेलन आयोजक समिति बैठकले चौथो सम्मेलन बढदो कोरोना संक्रमणलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट गर्ने निर्णय गरेको हो ।  

आयोजक कमिटीका अध्यक्ष एबं नेपाली जनप्रगतीशिल मञ्च यूके अध्यक्ष सुरेश गौतमको अध्यक्षतामा बैठक भएको थियो ।   

बैठकले सम्मेलन सफल बनाउन राष्ट्रिय कमिटी सदस्य तथा युवा विभाग प्रमुख नवीन तामाङको संयोजकत्वमा २१ सदस्यीय प्रचार प्रसार उपसमिति र संघ संस्थाहरूसंग समन्वय गरी अतिथी आमन्त्रण गर्न राष्ट्रिय समिति सदस्य तुल छन्त्यालको संयोजकत्वमा ९ सदस्यीय संघसंस्था समन्वय उपसमिति पनि गठन गरेको छ । 

विविध कारण लामो समय देखि सम्मेलन हुन नसकिरहेको सन्दर्भमा हुन लागेको यो सम्मेलनबाट आगामी २ बर्षका लागि नयां नेतृत्व चयन गरिने छ । 

सम्मेलनमा प्रमुख अतिथीका रूपमा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचन्ड’, विशेष अतिथी नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठ र अतिथीमा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा तथा सचिव टीबी पाठक, नेपाली जनप्रगतिशील मञ्च यूरोपका अध्यक्ष सुरेन्द्र भुसाल, सचिव रण खाती क्षत्री रहने अध्यक्ष सुरेश गौतमले जानकारी दिएका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू