शुक्रबार, वैशाख ७, २०८१
15:11 | १९:५६

नवलपुर जिल्ला समाज बेलायतले चुन्यो सर्वसम्मत नयाँ नेतृत्व

नेपाली लिङ्क डिसेम्बर २, २०२१


लन्डन । नवलपुर जिल्ला समाज बेलायतको दोस्रो अधिवेशन संस्थाको नयाँ नेतृत्व चयन गर्दै सकिएको छ ।

गत आइतबार नोभेम्बर २८ मा मिडल्यान्डको वुल्भरह्याम्पटनमा सम्पन्न अधिवेशनले महेश देवकोटाको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति निर्वाचित गरेको छ ।  

नवनिर्वाचित कार्यसमितिमा डा हेमराज सापकोटा, मीना सापकोटा र सन्तोष रेग्मी उपाध्यक्ष, युवराज राना महासचिव, कृष्ण आचार्य कोषाध्यक्ष, बिकेन राना मगर सचिव र प्रकाश कंडेल मिडिया संयोजक छन् । 

समाजको नयाँ कार्यसमितिको सदस्यमा नारायण कंडेल (वकिङ), ऋषिराम सापकोटा, मिलन सापकोटा, किताबी सारु मगर र ज्योती रजाली मगर निर्वाचित भएका छन् ।  

समाजका सल्लाहकार होम शर्मा संयोजक र टिकाराम सापकोटा सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन प्रक्रिया सञ्चालन गरेको थियो । नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समिति सदस्य सापकोटाले शपथग्रहण गराएका थिए ।  

यसअघि निवर्तमान कार्यसमितिका अध्यक्ष इन्द्र सारु मगरको अध्यक्षतामा समाजको दोस्रो अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनमा प्रस्तुत अघिल्लो कार्यसमितिका प्रगति तथा आर्थिक प्रतिवेदनहरु छलफलपछि पारित गरिएको थियो ।  

वुल्भरह्याम्पटन क्वीन स्ट्रिटस्थित न्यू जोनी स्पाइस रेष्टुरेन्टमा सम्पन्न अधिवेशनको संयोजन डा. हेमराज सापकोटा, मिलन सापकोटा र रामचन्द्र सुवेदीले गरेका थिए  

अधिवेशनमा बेलायतभरबाट झन्डै पाँच दर्जन नवलपुरेहरु सहभागी रहेको समाजका मिडिया संयोजक प्रकाश कंडेलले बताए ।

बेलायतमा बस्ने नवलपुरेहरुको प्रतिनिधि संस्थाका रुपमा सन् २०१८ मा नवलपुर जिल्ला समाज बेलायत स्थापना भएको थियो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू