मंगलबार, वैशाख ११, २०८१
14:14 | १८:५९

विसन गुरुङले जिते बेलायतको बडी बिल्डिङ प्रतियोगिता

नेपाली लिङ्क नोभेम्बर १५, २०२१

लन्डन । यूके नेपाल इन्टरनेशनल फेडेरेशन बडी बिल्डिङ लिगका पूर्व महासचिव विसन गुरुङले बेलायतको एक प्रतिष्पर्धामा उपाधि जितेका छन् ।

बेलायतको बर्मिङहम सिटीमा १४ नोभेम्बर २०२१ मा सम्पन्न फिजिकल कल्चर एसोसिएसन (पिसिए) कम्पिटिसनमा आफ्नो तौल क्याटेगोरी र ओभरअलमा च्याम्पियन भएका छन् । बेलायतमा नेपालीले पिसिए जित्ने नेपाली उनी पहिलो हुन् ।

विसन सन् २०१४ मा मिस्टर यूके नेपाल, सन् २०१५ मा मिस्टर हिमालयन रनर अप भएका थिए भने सन् २०१८ मा उनले मिस्टर काठमाडौंको उपाधि हात पारेका थिए ।

गुरुङको जीतले बडी बिल्डिङ क्षेत्रमा एउटा इतिहास कायम गरेको यूके नेपाल फेडरेशन बडी बिल्डिङ लिगका अध्यक्ष सुक गुरुङले बताए । गुरुङको जीतले नेपाल र नेपालीहरुलाई थप गर्व तुल्याएको उनले बताए ।
प्रतियोगितामा यूके नेपाल फेडेरेशन बडी बिल्डिङ लिगका अध्यक्ष सुक गुरुङ, तमुधिं लण्डन इकाई तथा स्याङ्जा समाज यूकेका उपाध्यक्ष भरत गुरुङ र रमेश गुरुङको पनि उपस्थिति थियो भने विभिन्न संघ सस्थाले गुरुङलाई सहयोग गर्नुका साथै हौसला प्रदान गरेका थिए ।

विजेता बिसनले बडी बिल्डिङ करिअरमा आफू यहाँसम्म आइपुग्न मिस्टर नेपाल सानु गुरुङ र मिस्टर यूके नेपाल सुक गुरुङको ठुलो योगदान रहेको बताउंदै सहयोगी र प्रेरक व्यक्तित्व सबैप्रति आभार व्यक्त गरेका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू