सोमबार, जेठ ७, २०८१
02:50 | ०७:३५

कुवेतका अमीरद्वारा आममाफी आदेश जारी

रासस- एपी नोभेम्बर १४, २०२१

दुबई–कुवेतका अमीरले लामो समयदेखि प्रतीक्षा गरिएको आममाफी आदेश जारी गरेका छन् ।

अमीरले प्रमुख सरकारी गतिरोधलाई निरुत्साहित गर्ने उद्देश्यले करिब तीन दर्जन कुवेती असन्तुष्टहरूको सजाय माफी गर्ने घोषणा गरेका छन् ।

कुवेतको राजपत्रमा शनिबार अबेर प्रकाशित शाही आदेशमा अमिर शेख नवाफ अल अहमद अल सबाहले देशको संसदमा आक्रमण गरेको आरोपमा जेलमा परेका ११ राजनीतिज्ञको सजाय कटौती गरेको बताइएको छ ।

सन् २०११ मा प्रजातन्त्र समर्थक प्रदर्शनहरू व्यापक रूपमा फैलिँदा कुवेतका प्रमुख विपक्षी व्यक्तित्वहरू र सांसदहरूलाई कुवेतको संसद भवनमा थुनेर भ्रष्टाचारको आरोप लगाएका प्रधानमन्त्रीलाई हटाउन दबाब दिएका थिए ।

यसैबीच देशको सर्वोच्च अदालतले धेरै इस्लामवादी सांसदहरूलाई वर्षौंको जेल सजाय सुनाएको छ । जसमा एक प्रमुख विपक्षी नेता मुसलाम अल–बराक पनि छन् । उनले छुट्टै आरोपमा दुई वर्षको जेल सजाय भोगेका थिए ।

शनिबार माफी पाएका अल–बराक र अन्य असन्तुष्टहरू टर्कीमा वर्षौंदेखि स्व–निर्वासित जीवन बिताइरहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू