बिहीबार, वैशाख २७, २०८१
23:27 | ०४:१२

एसियाको ‘डि–कार्बोनाइजेशन’ का लागि जापानले १० अर्ब डलर दिने   

रासस-एएनआई नोभेम्बर २, २०२१

टोकियो, जापान–जापानले एसियाको ‘डि–कार्बोनाइजेशन’ गर्ने प्रयासमा सहयोगका लागि आफ्नो वित्तीय सहायता दोब्बर गरी १४.८ अरब अमेरिकी डलर पुग्ने गरी आगामी पाँच वर्षभित्र १० अर्ब अमेरिकी डलरसम्म पुरयाउने जनाएको छ । प्रधानमन्त्री फुमिओ किसिदाले मंगलबार ग्लासगोको कोप–२६ शिखर सम्मेलनमा उक्त घोषणा गरेका हुन् ।

किशिदाले भने, ‘गत जुनमा घोषणा गरिएको पाँच वर्षको दौडान निजी र सरकारी वित्त पोषणमार्फत् प्रदान गरिएको ६० अर्ब डलरको अतिरिक्त जापानले आगामी पाँच वर्षमा एसियामा ‘डि–कार्बोनाइजेसन प्रयासलाई सहयोग गर्न १० अर्ब अमेरिकी डलरसम्म उपलब्ध गराउने लक्ष्य राखेको छ ।’

प्रधानमन्त्री किशिदाले अगाडि भने, ‘ऊर्जाको मूल्य वृद्धिको प्रश्न उठिरहेका समय ‘हामी एसिया र समग्र विश्वको ‘डि–कार्बोनाइजेसन प्रयासमा अघि बढिरहेका छौं ।’

“जापानले प्राकृतिक प्रकोप रोकथामजस्ता क्षेत्रका सम्भावनाहरूलाई कार्यान्वयनमा लान तेस्रो देशहरूका लागि आफ्नो वित्तीय सहायता दोब्बर गरेर १४.८ अर्ब अमेरिकी डलर पुरयाउने लक्ष्य राखेको छ’, किसिदाले थपे ।

टोकियोले वन संरक्षण कार्यक्रमलाई सहयोग गर्न २४ करोड अमेरिकी डलरसम्मको लगानी गर्ने लक्ष्य पनि राखेको प्रधानमन्त्रीले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू