शनिबार, वैशाख ८, २०८१
21:57 | ०२:४२

टी–२० क्रिकेट वरियतामा सुधार गर्दै नेपाल १३ औँ स्थानमा

रासस नोभेम्बर १, २०२१

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को टी–२० क्रिकेट वरियतामा पुरुषतर्फ नेपालले एक स्थान सुधार गरेको छ ।

आइसीसीले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एक स्थान उक्लिदै १३ औँ स्थानमा पुगेको हो ।

यसअघि नेपाल १४ औँ स्थानमा थियो । वरियतामा इंग्ल्यान्ड पहिलो स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ ।

त्यसैगरी भारत तेस्रो, न्यूजिल्याण्ड चौथो तथा दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू