बिहीबार, वैशाख ११, २०८२
२० महिनापछि नेपाल भारत मैत्री बस सञ्चालन


रासस
अक्टोबर ३०, २०२१

महेन्द्रनगरदिल्ली नेपालभारत मैत्री बस सेवा अन्तर्गत भारतको उत्तर प्रदेश परिवहनको यात्रु बोकेर महेन्द्रनगर बस पार्कमा पुगेको बस । तस्वीर– राजेन्द्रप्रसाद पनेरु, रासस
महेन्द्रनगर–कञ्चनपुरको महेन्द्रनगरबाट सञ्चालन हुँदै आएका नेपाल–भारत मैत्री बस बीस महिनापछि पुनः सञ्चालनमा आएको छ ।
कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द रहेका मैत्री बस शुक्रबारदेखि सञ्चालनमा आएको महाकाली यातायात प्रालिका अध्यक्ष डम्बर पन्तले बताए ।
त्यस्तै उत्तर प्रदेश परिवहन निगमको बस भारतको राजधानी जिल्लाबाट यात्रुसहित आज बिहान महेन्द्रनगर पुगेको यातायात प्रालिले जनाएको छ । “सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गरी बस नेपाल भित्रिएको हो”, पन्तले भने “स्वास्थ्य सतर्कता हाम्रै लागि हो ।”
उनले सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुले संमणबाट बच्न मास्क लगायतका स्वास्थ्य सामग्री प्रयोग गर्न आग्रह गरे । गड्डाचौकी नाकाबाट स्थानीय प्रशासनले भारतीय यातायात भित्रिँदा आउने यात्रुले कोरोना खोप लगाएको कार्ड र पछिल्लो ७२ घण्टाभित्र कोरोना परीक्षण गरेको रिपोर्ट हेर्ने गर्छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले स्वास्थ्य मापदण्डका साथै भारतीयलाई परिचय खुल्ने कागजात र भन्सार तिरेर मात्रै आउन दिइएको जनाएको छ ।
महाकाली यातायात प्रालिले यहाँबाट हरेक दिन नेपाल–भारत मैत्री बस सञ्चालन हुने जनाएको छ । कोरोना संक्रमण फैलिनुअघि महेन्द्रनगरबाट भारतको दिल्ली र देहरादुन गरी दैनिक नौवटा बस सञ्चालनमा थिए । लामो समय यातायात सेवा कोरोनाका कारण प्रभावित हुँदा यहाँका यातायात व्यवसायी नराम्ररी प्रभावित बनेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५