सोमबार, जेठ ७, २०८१
02:15 | ०७:००

तालिबानसँगको भेटवार्ता लाभदायक-चिनियाँ विदेशमन्त्री

रासस-सिन्ह्वा अक्टोबर २७, २०२१

बेइजिङ । चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानको अन्तरिम सरकारका अधिकारीहरुसँग भएको भेटवार्ता सकारात्मक रहेको बताएका छन् । 

अफगानिस्तानको अन्तरिम सरकारका अधिकारीहरुसँग उनले भेटवार्ता गरेका हुन् । सो भेटले आपसी विश्वास बढेको जानकारी विदेशमन्त्री वाङ यीले गराएका छन् ।

विदेशमन्त्री वाङ यीले अफगानिस्तानको अन्तरिम सरकारका उपप्रधानमन्त्रीसँग कतारको राजधानी दोहामा भेटवार्ता गरेका थिए । उनले मंगलबार भएको भेटमा द्धिपक्षीय भेटका क्रममा आपसी विश्वास बढ्नुका साथै कतिपय विषयहरुमा स्पष्ट रुपमा छलफल भएको बताए । 

भेटमा अफगानिस्तानको पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ । तालिबानहरुले आफ्नो सरकारको नीतिका बारेमा विदेशमन्त्री वाङ यीलाई जानकारी दिएका थिए ।

अफगानिस्तानको अन्तरिम सरकारका विदेशमन्त्री अमिर खान मुतागीले आफ्नो सरकारले देशभित्र आतंककारी गतिविधिमा निगरानी राख्ने र मानवअधिकारका पक्षमा काम गर्ने बताएका थिए । हाल अफगानिस्तानको सरकार महिला अधिकारका विपक्षमा रहेको भन्दै यसका लागि विश्व समुदायले पनि चासो राखिरहेको छ । 

यस विषयमा पनि अफगानिस्तानका विदेशमन्त्रीले स्पष्ट गरेका थिए । उनले हाल अफगानिस्तानले महिला अधिकार, बालअधिकारका साथै बालबालिकाको अवस्थाबारे पनि निकै चनाखो भएर काम गरेको बताएका थिए 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू