बुधबार, वैशाख १२, २०८१
19:13 | २३:५८

भारतमा एक अर्बभन्दा बढीलाई कोरोना विरुद्धको खोप लगाइयो

रासस–एएनआइ अक्टोबर २१, २०२१

मुम्बइस्थित एक अस्पतालका स्वास्थ्यकर्मी १ अर्ब खोप लगाएको उपलक्ष्यमा खुशीयाली व्यक्त गर्दै । तस्बिर एपी

न्यूदिल्ली (भारत), कार्तिक ४–भारतमा एक अर्बभन्दा बढी मानिसलाई कोरोना विरुद्धको खोप लगाइएको छ । भारतका वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले एक अर्बभन्दा धेरै जनतालाई खोप लगाउन सफल हुनु ठूलो उपलब्धि भएको बताउँदै छिट्टै सबै जनतालाई खोप उपलब्ध गराइने जानकारी दिएका छन् ।

मन्त्री गोयलले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा उक्त अभियान सफल भएको बताउँदै लक्षित उमेर समूहका नागरिकलाई लगाउन यथेष्ट खोप मौज्दात रहेको जानकारी दिए ।

मन्त्री गोयलले प्रधानमन्त्री मोदीको प्रत्यक्ष निगरानी र उत्प्रेरणाले उक्त अभियानले छिटै ठूलो उपलब्धि प्राप्त गरेको पनि बताए ।

त्यसैगरी छोटो समयमै एक अर्बभन्दा बढी मानिसलाई खोप लगाउन सफल भएकामा प्रधानमन्त्री नरेन्द्र मोदीले चिकित्सक, नर्ससहित अग्रपंक्तिमा खटिएका सम्पूर्ण व्यक्तिहरूप्रति आभार व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू