मंगलबार, वैशाख ४, २०८१
07:30 | १२:१५

साफ उपाधि भारतलाई, नेपालको च्याम्पियन बन्ने सपना अधुरै

नेपाली लिङ्क अक्टोबर १६, २०२१

लन्डन । १३ औं साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ ।

माल्दिभ्समा अहिले केही बेरअघि सम्पन्न फाइनलमा नेपाललाई पराजित गर्दै भारत च्याम्पियन बनेको हो । ३- ० को गोल अन्तरमा भारतसँग नेपाल स्तब्ध भयो।  

पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपालको च्याम्पियन बन्ने सपना भने अधुरै बनेको छ । भारतले भने यससंगै अहिलेसम्म सबैभन्दा धेरै ८ पटक साफ च्याम्पियनसिप जितेको छ ।  

फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।  तर दोस्रो हाफ शुरु भएलगत्तै ४९ र ५० औं मिनेटमा एकएक गोल गर्दै भारतले नेपालमाथि दबाब बढाएको थियो । त्यसपछि खेलमा फर्किन नेपालले कयौं प्रयास गरेपनि कुनै गोल फर्काउन सकेन ।  

खेलको निर्धारित ९० मिनेटपछिको इन्जुरी समयमा पुन: अर्को गोल थप्दै भारतले आफ्नो जीत अन्तरलाई थप फराकिलो बनाएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू