शुक्रबार, चैत १६, २०८०
10:29 | १६:१४

बेलायती सांसद हत्या आतंकवादसंग सम्बन्धित

नेपाली लिङ्क अक्टोबर १६, २०२१


लन्डन । प्रहरीले एकजना बेलायती सांसदको हत्या ‘आतंककारी घट्ना’ भएको घोषणा गरेको छ ।

सत्तारुढ कन्जरभेटिभ सांसद सर डेभिड अमेसलाई गत शुक्रबार उनको आफ्नै निर्वाचन क्षेत्र लि अन सि ससेक्सस्थित एक चर्चमा छुरा प्रहार गरि हत्या भएको थियो ।

मेट्रोपोलिटन प्रहरीले घट्नालाई इस्लामिक उग्रवादसंग जोडेको बीबीसीले जनाएको छ ।

प्रहरीले हत्या गरेको आशंकामा एक २५ वर्षीय ब्रिटिश युवालाई गिरफ्तार गरेको छ । प्रहरीले अनुसन्धानका क्रममा लन्डन क्षेत्रका दुई ठाउंमा खानतलासी समेत गरेको बताइएको छ ।

सरकारी श्रोतहरुले गिरफ्तार युवा सोमालिमुलका रहेको बताएको बीबीसीले उल्लेख गरेको छ ।

६९ वर्षीय डेभिड सन् १९८३ देखि सांसद थिए । उनका श्रीमती र पांच सन्तान छन् ।

बेलफेयर्स मेथोडिष्ट चर्चमा आफ्ना मतदातासंग छलफल (कन्सटीच्यून्सी सर्जरी) गरिरहेका बेला मध्यान्ह १२:०५ मा सांसदमाथि कयौं पटक छुरा प्रहार भएको थियो ।

प्रधानमन्त्री बोरिस जोनसनले एक असल राजनीतिज्ञ गुमाउनु परेको भन्दै शोक व्यक्त गरेका छन् भने गृहमन्त्री प्रीति पटेलले सबै सांसदहरूको सुरक्षा व्यवस्था तुरुन्तै पुनर्विचार गर्न प्रहरीलाई निर्देशन दिएकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू