शुक्रबार, चैत १६, २०८०
06:24 | १२:०९

नेपालमा २४ घन्टाभित्र पाँच सय भन्दा कम संक्रमित

नेपाली लिङ्क अक्टोबर १४, २०२१

काठमाडौं–नेपालमा आज पाँचसय भन्दा कम संक्रमित फेला परेका छन् । पछिल्लो २४ घन्टामा  थप ४ सय ५५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार २१४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३९८ र एन्टिजेन विधिबाट ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसमध्ये सबैभन्दा धेरै काठमाडौँमा १ सय ४७ जना, ललितपुरमा ४९ र भक्तपुरमा २० जना छन् ।

पछिल्लो २४ घण्टामा थप ८०४ जना संक्रमणमुक्त बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कूल संक्रमितमध्ये ७ लाख ७९ हजार १५४ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९६.९ प्रतिशत छ ।

देशभर हाल १३ हजार ८५३ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये १२ हजार ७९१ जना होमआइसोलेसनमा, १ हजार ६२ जना संस्थागत आइसोलेसनमा, ३१० आईसीयू र १०५ जना भेन्टिलेटरमा छन् ।

यही अवधिमा थप ८ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ को संक्रमणबाट ११ हजार २६९ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा थप ४ हजार ७८४ जनाले खोप लगाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू