शुक्रबार, वैशाख १४, २०८१
13:29 | १८:१४

नेपालमा संक्रमण दर पाँच प्रतिशतभन्दा कम

रासस अक्टोबर ११, २०२१

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमण दर पाँच प्रतिशतभन्दा कममा झरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार कोभिड–१९ परीक्षण गर्दा संक्रमण दर पाँच प्रतिशतभन्दा कम देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

आइतबार १२ हजार ४०४ जनामा कोरोना भाइरस परीक्षण गर्दा ५९६ जनामा संक्रमण देखिएको थियो ।

उनका अनुसार हिजोको संक्रमण दर कोरोना भाइरसको दोस्रो लहरको शुरुवात पछिकै सबैभन्दा कम हो ।

पछिल्लो एक महिनाका बीचमा ६० प्रतिशतले संक्रमण घटेको छ । मन्त्रालयका अनुसार भदौ पहिलो साता ४० हजार ३३८ सक्रिया संक्रमित रहेकामा अहिले असोज पहिलो साता त्यो संख्या १५ हजार ९४२ पुगेको हो ।

कोरोना भाइरस विरुद्धको खोप, सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागू गर्न देखाएको तदारुकता र महामारी नियन्त्रणमा नेपाल सरकारले अख्तियार गरेको नीतिका कारण संक्रमण घट्दै गएको देखिएको छ ।

अधिकारीका अनुसार भदौ पहिलो साता ४० हजार ३३८ जना सक्रिय संक्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो संख्या १५ हजार ९४२ पुगेको छ । संक्रमणमा उल्लेख्य कमी देखिएका कारणमध्ये कोरोना भाइरस विरुद्धको खोपको पनि योगदान रहेको बताइएको छ ।

यस्तै काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा पहिलो मात्रा ८१ प्रतिशत र पूर्णमात्रा ७४ प्रतिशतलाई कोरोना विरुद्धको खोप लगाइएको छ ।

त्यस्तै उपत्यकामा १७ लाख ४५ हजार ५७० जना र पूर्ण मात्रा १७ लाख ७९ हजार ८९७ जनालाई खोप लगाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू