बिहीबार, वैशाख १३, २०८१
09:14 | १३:५९

अन्तत: यूकेको रेड लिष्टबाट हट्यो नेपाल

अब ७ देशमात्रै 'रेड लिष्ट' मा

नेपाली लिङ्क अक्टोबर ७, २०२१

लन्डन । अन्तराष्ट्रिय यात्राका लागि विभिन्न प्रतिवन्धहरुसहित बेलायत सरकारले लागू गरेको रेड लिष्ट सूचीबाट नेपालसंगै अधिकांश देश बाहिरिएका छन् ।  

बिहीबार बेलायत सरकारले जम्मा ७ मुलुकलाई मात्रै रेड लिष्टमा राख्दै अन्य सबै मुलुकलाई रेड लिष्टबाट हटाएको हो ।  

आउंदो सोमबार बिहान ४ बजेदेखि यो परिवर्तन लागू हुनेछ । अब ७ वटामा सिमित पारिएका रेड लिष्ट मुलुकहरुमा कोलम्बिया, डोमिनिक रिपब्लिक, पेरु, पानामा, इक्वेडर, भेनेजुएला र हाइटी छन् ।  

यससंगै नेपाल पनि यूकेको रेड लिष्टबाट हटेको छ । 

रेड लिष्टबाट हटेपछि अब कोभिड खोपका दुबै डोज लगाएका यात्रुले नेपालबाट बेलायत आउँदा होटेल क्वारेन्टिन बसिराख्नुपर्ने छैन् ।

रेड लिष्टमा रहंदा यूकेका नागरिक र यहाँकै रेसिडेन्स पर्मिट हुनेलाई मात्र खुला राखिएको बेलायतमा अब भने पर्यटक र अन्य भिजिटर पनि आउन पाउनेछन्  

दशैँको मुखमा नेपाल रेड लिष्टबाट बाहिरिएपछि चाडपर्वमा नेपाल जानेहरुलाई राहत हुने भएको छ । त्यस्तै, इन्टेकको शुरुमा बेलायत आइपुग्नै पर्ने अवस्थाका विद्यार्थीहरुलाई पनि चर्को शुल्कसहितको होटेल क्वारेन्टिनबाट मुक्ति मिल्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू