बुधबार, वैशाख ५, २०८१
22:30 | ०३:१५

नेपालमा संक्रमणमुक्त हुनेको संख्या बढ्दै, सक्रिय संक्रमित २१ हजार

रासस सेप्टेम्बर २१, २०२१

काठमाडौँ । पछिल्लो २४ घण्टामा एक हजार ३३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार ६२२ मा परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा संक्रमण दर १९.१ प्रतिशत छ । यस्तै सक्रिय संक्रमित २१ हजार ५२४ छन् । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला ९ र २०० भन्दा बढी संक्रमित हुने जिल्ला १९ पुगेका छन् । पाँच सयभन्दा बढी संक्रमित हुने जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, कास्की र रुपन्देही रहेका छन् । पछिल्लो २४ घण्टामा दुई हजार ८३० जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा सात लाख ५४ हजार सङ्क्रमणमुक्त भएका छन् ।

नेपालमा संक्रमणमुक्त हुने दर ९५.९ प्रतिशत छ । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा संक्रमणबाट मृत्यु हुनेको ११ हजार ५३ पुगेको छ । नेपालमा प्रति १० लाखमा ३७२.५ संक्रमितको मृत्यु भएको तथ्याङ्क छ ।

यस्तै मन्त्रालयका अनुसार ३३५ जना सघन उपचार कक्ष (आइसियु), १०७ जना भेन्टिलेटर, २० हजार १६४ जना होम आइसोलेसन, एक हजार ३६० जना संस्थागत आइसोलेसन र २५० जना क्वारेन्टिनमा छन् । आज नेपालमा ५५ हजार २४२ ले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

अहिलेसम्म ६२ लाख ३० हजार ८२३ ले पहिलो मात्रा र ५६ लाख २८ हजार ७९२ ले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू