शुक्रबार, वैशाख ७, २०८१
11:53 | १६:३८

नेपाली धावक पार्की ‘बर्लिन म्याराथन’ मा भाग लिंदै   

रासस सेप्टेम्बर २१, २०२१

काठमाडौँ–जर्मनीमा आयोजना हुने ‘बर्लिन म्याराथन’ मा सहभागिता जनाउने नेपाली धावक गोपिचन्द्र पार्कीको आज बिदाइ गरिएको छ । नेपालगन्ज म्याराथनद्वारा आज यहाँ आयोजित कार्यक्रममा पार्की र प्रशिक्षक सन्तोष श्रेष्ठलाई बिदाइ गरिएको हो ।

दुवै जनालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपालगन्ज म्याराथनका आयोजक क्रिएटिभ ह्याण्डस्का अध्यक्ष टिएस ठकुरीलगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरे ।

सो अवसरमा दुवै जनालाई ट्रयाक सुट, झोला र टिसर्ट प्रदान गरिएको थियो ।

विश्व चर्चित ‘बर्लिन म्याराथन’ जर्मनीको बर्लिनमा यही असोज १३ गते हुँदैछ । धावक पार्की आज राति कतार एयरवेजबाट बर्लिन प्रस्थान गर्दै छन् । उनी पछिल्लो संस्करणको नेपालगन्ज म्याराथनको विजेतासमेत हुन् ।

पार्कीले नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा म्याराथनमा स्वर्ण पदक जितेका थिए । बिदाइ कार्यक्रममा पार्कीले आफूले सकेसम्म उत्कृष्ट प्रदर्शन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू