बिहीबार, चैत १५, २०८०
13:21 | १९:०६

चीनबाट ४४ लाख मात्रा भेरोसेल खोप नेपाल आइपुग्यो

रासस सेप्टेम्बर १७, २०२१

फाइल फोटो

काठमाडौँ–सरकारले चीनबाट आज कोरोना भाइरस विरुद्धको ४४ लाख मात्रा भेरोसेल खोप ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले चीनबाट खरिद गरिएको ४४ लाख मात्रा भेरोसेल खोप अपराह्न आएको जानकारी दिए ।

नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट खोप ल्याइएको हो । सरकारले ६० लाख खोप खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको थियो । खोप लिनका लागि हिजो राति ११ बजे वाइडबडी विमान चीनतर्फ गएको थियो ।

आज आएकोसँगै नेपालमा अहिलेसम्म एक करोड ७७ लाख खोप आइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू