शुक्रबार, वैशाख १४, २०८१
18:15 | २३:००

लेडिज नाइट र तीज जमघटमा रमाए लन्डनका नेपाली चेली

नेपाली लिङ्क सेप्टेम्बर १४, २०२१

लन्डन । तमु समाज यूके आमा समूहले नारीहरुको महान पर्व तीजको अवसरमा गत ११ सेप्टेम्बर २०२१ शनिबार विशेष कार्यक्रम गरेको छ ।

लन्डनको वेम्बली बरहाम पार्कस्थित तमु समाज यूके नेपलिज कम्युनिटी सेन्टरमा लेडिज नाइट तथा हरितालिका तीज भएको हो ।

कोभिड महामारीका कारण लामो समयको अन्तरालमा गरिएको उक्त लेडिज नाइट तथा तीज कार्यक्रममा एकै किसिमको रातो नेपाली ढाकाको सारर िपहिरिएका तमु समाज यूकेका आमा, दिदी बहिनीहरु एवं लण्डन वरपरका नेपाली नारीहरुको उल्लेख्य उपस्थिति थियो ।

दिउसो २ बजे आरम्भ भएको तीज कार्यक्रममा सहभागी दिदीबहिनीले स्वादिष्ट खानासहित विशाल तामाङको तीज डिजेमा बेलुका १० बजे सम्म नाचेर भरपुर मनोरञ्जन गरे ।

तमु समाज यूके आमा समूहकी अध्यक्ष उमादेवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रम आमा समूहकी सचिव मिरा गुरुङले सञ्चालन गरेकी थिइन् ।

कार्यक्रम आमा समूहकी अध्यक्ष, निवर्तमान अध्यक्ष बिन्दु घले, जेष्ठ नागरिक श्रद्धेय श्रीमति मन कुमारी गुरुङ र आमा समूहकी पूर्व अध्यक्ष माया गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।

तीजको औपचारिक कार्यक्रममा हेल्थ एण्ड सेफ्टीबारे सचिव मिरा गुरुङले जानकारी दिएकी थिइन् । त्यसैगरी आमा समूहकी उपाध्यक्ष मथुरा देवी गुरुङले स्वागत मन्तव्य र आमा समूहकी अध्यक्ष उमा देवी गुरुङले धन्यवाद मन्तव्य दिएका थिए ।

कार्यक्रममा आमा समूहकी कोषाध्यक्ष विभा गुरुङले लेडिज नाइट तथा तीज कार्यक्रमलाई विभिन्न किसिमका सहयोग र प्रायोजन गर्ने दाताप्रति आभार सहित धन्यवाद व्यक्त गरिन् ।

विशेष तिज कार्यक्रममा हल सजावट तथा खानपिन व्यवस्थापनमा तमु समाज यूकेका अध्यक्ष शिव कुमार गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ लगायत पूर्व अध्यक्षहरु, कार्यसमितिका 
पदाधिकारी र केही पुरुष सदस्यहरुले सहयोग गरेका थिए ।

कार्यक्रममा सन्तोष गुरुङको क्याटरिङले खानाको बन्दोबस्त, आमा समूहका आमा दिदी बहिनीले खाजा बन्दोबस्त र तमु समाज यूके युवा समूहका अध्यक्ष तथा फोटोग्राफर ओमकार गुरुङले फोटोग्राफी गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू