बुधबार, वैशाख १२, २०८१
10:53 | १५:३८

तमु समाज यूकेद्वारा सल्लाहकार तथा क्षेत्रीय प्रतिनिधिहरुको स्वागत, पुरानोलाई विदाई

नेपाली लिङ्क अगस्ट २, २०२१

लन्डन । तमु समाज यूकेले १ अगष्ट २०२१ आइतबार वेम्बलीस्थित आफ्नै सामुदायिक भवनमा स्वागत तथा विदाइ कार्यक्रम गरेको छ ।

उक्त समारोहमा सल्लाहकारहरुसहित पांचौं कार्यसमितिका सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिंदै विदाई र नयां ट्रष्टीज सदस्यहरु, सल्लाहकारहरु तथा छैटौं कार्यसमितिलाई शुभकामना सहित स्वागत गरिएको हो ।

उक्त अवसरमा समाजका कानूनी सल्लाहकार सोलिसिटर राजु थापा र इन्जिनियरिङ सल्लाहकार काशीराज बोहोरालाई पनि खादा, प्रमाण पत्र र मायाको चिनो स्वरुप समाजको लोगो अंकित मग प्रदान गरेर सम्मान गरियो ।

कार्यक्रममा समाजका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, वर्तमान अध्यक्ष शिव कुमार गुरुङ, आमा समूहकी वर्तमान अध्यक्ष श्रीमति उमादेवी गुरुङ र आमा समूहकी पूर्व अध्यक्ष श्रीमति माया गुरुङले समाजको मूल समिति मातहत 
रहेर समाजलाई योगदान दिएका विभिन्न उपसमितिहरू जस्तै आमा समूह, भवन खरिद समिति, युथ कमिटीका सदस्यहरुलाई प्रमाण पत्र, मायाको चिनो र खादाले सम्मान गरे ।


सम्मान तथा विदाई कार्यक्रम पूर्व औपचारिक कार्यक्रम भएको थियो । समाजका अध्यक्ष शिवकुमार गुरुङको अध्यक्षतामा सञ्चालित उक्त औपचारिक कार्यक्रम महासचिव धरम बल गुरुङले सञ्चालन गरेका थिए भने उपाध्यक्ष हर्क बहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए ।

त्यस्तै संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले समाजको शुरुका संघर्षमय दिन सम्झदै ति कठिनाइ पार गरेर आज समाजलाई यो उचाईं र अवस्थासम्म ल्याइ पुरयाउने सबैलाई धन्यवाद दिए । उनले आगामी दिनमा नयां कार्यसमितिले थप उचाइ लिनेछ भन्ने शुभकामना पनि दिएका थिए ।

महासचिव धरम बल गुरुङले गत बैठकको माइन्यूटीङ पढेर सुनाएका थिए । उनले समाजका भावी कार्यक्रमबारे पनि अवगत गराए ।

औपचारिक कार्यक्रमको अन्त्यमा अध्यक्ष शिव कुमार गुरुङले लमजुङको दोर्दी खोलामा गत आषाढ १ गते राती आएको भीषण वर्षापछि घरबारविहीन बनेका पीडितको सहयोगार्थ चन्दा प्रदान गर्ने सबैप्रति आभार व्यक्त गरे ।

समाजले आफ्नै समाजका सल्लाहकार टेक बहादुर गुरुङका नातेदारको घर बगाई घरबारविहीन बनाएर उनकै अनुरोधमा अर्थ संकलन गरि रु. तीन लाख पचास हजार रुपैयां सहयोग गरेको थियो ।

अध्यक्ष गुरुङले पांचौं कार्यसमिति तथा निर्वतमान अध्यक्ष शिवचन्द्र गुरुङ, उपाध्यक्ष कन्य प्रसाद गुरुङ लगायत सम्पूर्ण पदाधिकारीले आफ्नो कार्यकालमा विभिन्न महत्वपूर्ण कार्य गर्दै जस्तोसुकै असहज परिस्थितिलाई पनि सहज र सरल रुपमा जिम्मेवारी पुरा गरेकामा बधाई तथा धन्यवाद दिए ।

त्यसैगरि छैठौं कार्यसमितिका नव निर्वाचित सम्पूर्ण पदाधिकारी, ट्रष्टी र छैठौं कार्यसमितिबाट मनोनित भएका सल्लाहकारलाई बधाईसहित स्वागत गर्दै छैठौं कार्यसमितिले पूर्णता पाएको पनि घोषणा गरेका थिए ।

अध्यक्ष शिवकुमार गुरुङ नेतृत्वको छैठौं कार्यसमितिले वर्तमानका विभिन्न कार्यक्रमलाई निरन्तरता दिंदै नयां उत्साह र भिजनका साथ संस्थालाई अझ उचाईंमा पुरयाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

मन्तव्यका क्रममा निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङले आमा समूह, हाउजिङ कमिटी, युवा कमिटी, सल्लाहकारहरु, कमिटीका पदाधिकारीहरु लगायत सबैको अथक परिश्रम र इमान्दारीले नै आफ्नो कार्यसमिति सफल भएको भन्दै सबैलाई धन्यवाद दिए ।

सो अवसरमा तमु समाज यूकेको छैठौं कार्यसमितिमा मनोनित सल्लाहकार तथा क्षेत्रीय प्रतिनिधिहरुको नामावली सुनाइएको थियो । जसमा चित्रबहादुर गुरुङ, शिवशरण गुरुङ, अर्जुन कुमार गुरुङ, शिवचन्द्र गुरुङ, श्रीमति रेनु माया गुरुङ, टंकराम गुरुङ, सुश्री टीका देवी गुरुङ, ले. रि.पञ्च बहादुर गुरुङ, सुश्री विजु गुरुङ, कन्य प्रसाद गुरुङ, उपदेशक लामा प्रेम गुरुङ, राम चन्द्र गुरुङ, ज्ञान बहादुर गुरुङ, केदारबहादुर गुरुङ, उदय गुरुङ, श्रीमति माया गुरुङ, महेश घले (ननिटन प्रतिनिधि), खड्गबहादुर गुरुङ, सुबा सिङ्ग गुरुङ (बीइएम), ले. थम प्रसाद गुरुङ, जुम बहादुर गुरुङ, बाबुराम गुरुङ, इमान घले, याम बहादुर गुरुङ, चन्द्र बहादुर गुरुङ, चन्द्र बहादुर गुरुङ (ख), लेख गुरुङ, कमल गुरुङ, प्रेमकाजी गुरुङ, हितमान गुरुङ (हेम्पसायार प्रतिनिधि), कर्ण बहादुर गुरुङ, टेक बहादुर गुरुङ, अधिवक्ता राजु थापा, इ. काशीराज बोहोरा, लेखनाथ घिमिरे, क्या. जीवन कुमार गुरुङ, गोपिराम गुरुङ, मिठु गुरुङ (वर्कशायर प्रतिनिधि) क्या. चन्द्र बहादुर गुरुङ, नर बहादुर गुरुङ, क्या. तेशर जङ्ग गुरुङ, दिलिप गुरुङ (एमबीइ), ओम प्रसाद गुरुङ छन् ।

अन्त्यमा कार्यक्रम सफल बनाउन संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, पूर्व अध्यक्षहरु शिवशरण गुरुङ, अर्जुनकुमार गुरुङ, खानपिन व्यवस्थाका लागि खाद्य संयोजक हरिमान गुरुङ र वर्तमान उपाध्यक्ष श्रीमति बिन्दु घले, आमा समूहकी अध्यक्ष उमा देवी गुरुङ लगायतले विशेष सहयोग गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू