बुधबार, वैशाख १२, २०८१
04:46 | ०९:३१

बाढीमा ३ सय भेडाबाख्रा गुमाएका किसानलाई बेलायतबाट आर्थिक सहायता

नेपाली लिङ्क जुलाइ २९, २०२१

लन्डन । अविरल वर्षापछि आएको बाढीपहिरोबाट ठूलो क्षति व्यहोर्न बाध्य कास्कीका दुई भेडा पालक किसान (भेडी गोठाले) लाई बेलायतबाट आर्थिक सहयोग पठाइएको छ ।  

सिकलेस पार्चे कम्युनिटी यूकेले जम्मा ८ लाख ३८ हजार ३ सय ७६ रूपैंया पीडित किसानलाई पठाएको हो ।  

कास्कीको मादी गाउँपालिका वडा नं १ सिक्लेस हुगु गोठमा रहेको सिक्लेसी भेडा पालक किसान (भेडी गोठाले) लिल प्रसाद गुरुङ र लेख नाथ गुरुङको झन्डै तीन सय भन्दा बढी भेडा बाख्रा तथा ३ वटा भोटे कुकुर गत असार १ को वर्षापछि आएको बाढीले बगाएको थियो  ।

बाढीक कारण स्थानीय किसानहरुले ठूलो क्षति व्यहोरेको खबर बाहिरिएपछि सिक्लेस पार्चे कम्युनिटी यूकेले सहयोग पहल गरेको थियो । जसअनुसार कम्युनिटीका सदस्यहरुबाट पाँच लाख २९ हजार चार सय १६ रुपैयाँ र कम्युनिटी बाहिरका समाजसेवीहरुबाट तीन लाख ८ हजार नौ सय ६० रुपैयाँ गरी कुल आठ लाख ३८ हजार तीन सय ७६ रुपैयाँ संकलन भएको थियो 

सहयोग रकम बुधबार सिक्लेस पार्चे तमु समाज पोखरामा एक कार्यक्रम आयोजना गरी तमुधिं यूके तथा एनआरएनए यूकेका पूर्व अध्यक्ष समाजसेवी मुक्षेत्र गुरुङ र तमुधिं यूके तथा सहारा यूके कार्यसमिति सदस्य समाजसेवी भोज गुरुङमार्फत् सिक्लेस पार्चे तमु समाज पोखराका अध्यक्ष कप्तान सम्सेर गुरुङ, आमा समिति अध्यक्ष पदम शोभा गुरुङ तथा समन्वयकर्ता हितमान गुरुङलाई हस्तान्तरण गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू