बुधबार, वैशाख १२, २०८१
21:41 | ०२:२६

अविचलित कर्मठ नारी

– रोजिना प्रधान राई जुलाइ २७, २०२१

नारी हुं
यसैमा गर्व छ मलाई
धर्ती बनेर
सृष्टि थमाउने
एक नारीको पाटो हुं म
समुद्रको गहिराई झैं
लाखौं पीडाहरु
सहन र दहन गर्ने
भावनाको गहिराई लुकाउंछु म
शान्त सागरको सौम्यताको
अविचलित परिवेश झैं
दृढ संकल्पी छु म
सगरमाथाको शीर ठडिए झैं
स्वाभिमानमा जीवित रहन्छु म ।
——
आमा भएर
आफ्ना सन्तानका लागि
भविष्य कोर्न सक्छु म
पत्नी भएर पतिसंग
होस्टेमा हैंसे गर्न सक्छु म
दिदी बैनी भएर
दाजुभाईको
जीवनको बचाउन
स्वयंमलाई समेत
विवश पार्न सक्छु म
योद्धाकी छोरी हुं म
परि आए दैशका खातिर
रणचचण्डी बनेर जाग्न सक्छु म ।
——
आमा हुं
सन्तानका लागि
जीवनरुपी विष
घट्घट्ती पिउन सक्छु म
वचन र इमान्दारीका त के कुरा ?
सत्यका लागि
जीवन दाउमा ऋगाउन सक्छु म
——
दुष्मनी कुन चराको नाम हो,
मैलै प्रेमले संसार जित्न जानेकी छु
सुनलाई कसीमा जांचे झैं
एक पटक विश्वासको कसीमा
जांचेर त हेर्नुस् हजुर
नम्वरी सुन झैं खारिएर निस्कने छु
किनकि
म अविचलित कर्मठ नारी हुं ।

(राई एनआरएनए यूके अध्यक्ष प्रत्यासी हुन्)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू