मंगलबार, चैत ६, २०८०
05:33 | ११:१८

सपनाको चाहनाः एनआरएनएमा युवा सहभागिता वृद्धि

नेपाली लिङ्क जुलाइ २७, २०२१

लण्डन । गैरआवासीय नेपाली संघ, एनसीसी यूकेको कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएकी युवा स्वास्थ्यकर्मी सपना (इन्दिरा) खनियाँले एनआरएनमा युवाहरुको आकर्षण र सहभागिता वृद्धि गर्ने आफ्नो प्रमुख उद्देश्य रहेको बताएकी छन् ।

कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएपछि आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै खनियाले आगामी दिनमा एनआरएनए अभियानमा युवाहरुको सहभागिता बढाउन विशेष जोड दिने बताएकी हुन् ।

बर्न्टओक नेपाली समाजकी सक्रिय सदस्य सपनाले स्वास्थ्य क्षेत्रमा रहेर काम गर्दा आफूले सिकेको ज्ञान, सीप र अनुभवलाई एनआरएनए मार्फत बेलायतवासी नेपाली समुदायमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

सपनाले कोभिड महामारीको समयमा भूतपूर्व गोर्खा बुवा आमाको घर, घर मै गएर सेवा पुरयाएकी थिइन् । समाजसेवाप्रति दत्तचित्त सपनाले संस्थामा गएपछि पनि यस प्रकारका कामलाई अझ विस्तार सहित निरन्तरता दिने बताएकी छन् ।

त्यस्तै उनले साना बाबु नानीलाई नेपाली भाषा सिक्ने र सिकाउने वातावरण एनआरएन मार्फत नै मिलाउन पहल गर्ने स्पष्ट पारेकी छन् । उनले विदेशमा रहेका नेपालीहरुलाई विदेशबाटै नेपालको चुनावमा भोट दिन पाउने अधिकार स्थापनाका लागि संघर्ष गर्ने पनि बताइन् ।

गैरआवासीय नेपाली संघप्रति आकर्षण वृद्धि गर्दै आम प्रवासी नेपालीहरु संघको सदस्यता लिन लालायित हुने अवस्थाको सिर्जना गर्न पनि आफू लागिपर्ने भन्दै खनियाले आफूलाई मत दिइ निर्वाचित गराउन यूके निवासी एनआरएनएका सबै पञ्जीकृत सदस्यहरुलाई आग्रह गरेकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू