बिहीबार, वैशाख ६, २०८१
17:27 | २२:१२

एनआरएनए यूके महिला उपाध्यक्षकी उम्मेदवार केसीले ल्याइन् प्रतिबद्धता

नेपाली लिङ्क जुलाइ २७, २०२१

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको आसन्न निर्वाचनमा महिला उपाध्यक्षमा उम्मेदवारी दिएकी क्रियाशील महिला अभियन्ता सरस्वती केसीले आफ्ना प्रतिबद्धताहरु प्रस्तुत गरेकी छन् । 

भूपू गोर्खासहित बेलायतमा रहेका करिब दुई लाख नेपालीहरुको हक–हित, संघको भविष्य र संस्थामा महिला सहभागिता जस्ता विषयहरु केसीका प्रमुख एजेन्डा छन् ।

एनआरएनए यूकेमा बढ्दै गएको बेथिती-विसंगति, अराजकता नियन्त्रण एवं पारदर्शीतासहित संगठन सुदृढीकरणका लागि उम्मेद्वारी दिएको उनले बताएकी छन्। 

केसीले महिला सशक्तिकरण लगायत सामाजिक रुपान्तरणका लागि नेपालमा डेढ दशक लामो अनुभव बटुलेकी छन् ।

पछिल्लो दुई वर्ष संस्थामा रहेर काम गरेको अनुभवबाट थप उत्साहित बन्दै समाजसेवामा अझ बढी सक्रिय बन्ने उनको लक्ष्य छ ।

अघिल्लो निर्वाचनमा सर्वाधिक मत ल्याएर विजयी भएकी केसी कार्यसमितिका हरेक गतिविधिमा सहभागिता र साथ दिएका कारण पनि केसी आसन्न निर्वाचनमा सशक्त दावेदारको रुपमा प्रस्तुत भएकी छन् । 

झण्डै दुई दशकअघि बेलायत आएर सामान्य संघर्षपूर्ण जागिरे जीवन हुंदै अहिले लन्डनमा रेष्टुरेन्ट व्यवसाय सन्चालन गरिरहेकी केसी च्यारिटी कर्ममा सधैं अग्रपंक्तिमा छिन् ।

सस्तो लोकप्रियताभन्दा व्यवहारमा काम देखाउने, स्पष्ट वक्ता, सहयोगी र मिजासिलो स्वभावका कारण उनी बेलायतमा सबैको ‘प्रिय’ छन् ।

नेपालमा अन्तरराष्ट्रिय डेनिस सहयोगी संस्थामा दशकबढी काम गरेकी सरस्वती महिला सशक्तिकरणकी प्रशिक्षिका र अधिकारकर्मी पनि हुन् । हाल उनले निर्वाचनको सिलशिलामा  बेलायतका विभिन्न भागमा आफ्ना गतिविधिलाई तीव्रता दिदै आएकी छन् ।

सरस्वती केसीका प्रतिबद्धता-

नेपालीको लागि नेपाली भन्ने मूल नारासहित सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघले करिब दुई दशक पूरा गरेको छ । संघको आगामी १० औँ महाधिवेशनको लागि अहिले विश्वभर छरिएका राष्ट्रिय परिषद्हरुमा निर्वाचन भइरहेको छ ।

यसैबीच गैरआवासीय नेपाली संघ यूकेको नयां नेतृत्वको लागि यही ३१ जुलाईमा निर्वाचन हुँदैछ । भूपू गोर्खासहित बेलायतमा रहेका करिब दुई लाख नेपालीहरुको हक–हितका लागि आवाज उठाउँदै आएको एनआरएनए यूकेको उज्जल भविष्यको लागि नेतृत्व चयन गर्ने सुर्वण अवसर तपाईहरु समक्ष आइपुगेको छ ।

संघको बृहत्तर हित र भविष्यको लागि संस्थामा महिला सहभागिता समेत अपरिहार्य हुन पुगेको छ । विगत १५ वर्षमा नेपालमा रहँदा विभिन्न एनजीओ आइएनजीओसँग काम गरेको अनुभव र बेलायतमा लामो समय सम्म समाजसेवामा खर्चिएको समयले आफुले धेरै कुरा सिक्न र समाजको लागि केही गरौँ भन्ने भावना जागृत भएको छ ।

एउटा सबल र सक्षम नेतृत्वले हाम्रा मुद्दाहरुलाई संघ मार्फत अन्तिम निष्कर्शमा पुरयाउन सकिन्छ । बेलायतमा रहेको नेपाली दोस्रो पुस्ता, महिला, युवा, भूपू गोर्खा, प्राज्ञिक व्यक्तित्व लगायतका समस्याहरुको बारेमा मन्थन गर्ने साझा चौतारीको रुपमा एनआरएनए यूके स्थापित भएको छ ।

यो साझा चौतारीमा बसेर बेलायतमा रहेको नेपाली समुदायका समस्या र चुनौतीहरुलाई समाधान खोज्न संघको महिला उपाध्यक्षको रुपमा उभिएर काम गर्ने अठोट लिएकी छु । यो अभियानमा यहाँको सहयोग अमुल्य मत दिएर विजयी गराउनु हुन विनम्र अनुरोध गर्दछु ।

गैरआवासीय नेपाली संघका नियमित मुद्दाहरुलाई निष्कर्षमा पुरयाउने विशेष पहल गर्दै देहाय बमोजिमका प्रतिबद्धता लिएर आएकी छु ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू